‘भाइरस’बाट पार्टी जोगाउन सके राजसंस्था स्थापना हुन समय लाग्दैन : कमल थापा
काठमाडौं - राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष कमल थापाले केही भाइरसबाट पार्टी जोगाउन सके राजसंस्थासहितको प्रजातन्त्र र हिन्दुराष्ट्र स्थापना हुन समय नलाग्ने बताएका छन् ।
‘यदाकदा देखिने ‘भाईरस’प्रवृत्तिबाट पार्टी जोगाउन सक्यौ भने राजसंस्थासहितको प्रजातन्त्र र हिन्दुराष्ट्र स्थापना हुन तथा राप्रपालाई अग्रणी शक्ति बनाउन समय लाग्दैन।’ थापाले आइतबार सामाजिक सञ्जालमार्फत् भने ।
उनले गणतन्त्र,संघियता र धर्मनिरपेक्षता आफ्नै अन्तर्विरोध र असफलताबाट धराशयी हुनु अबश्यंभावि भएको बताए । ‘गणतन्त्र, संघियता र धर्मनिरपेक्षता आफ्नै अन्तर्विरोध र असफलताबाट धराशयी हुनु अबश्यंभावि छ। विगतका घटनाक्रम यसको प्रमाण हो ।’ थापाले भने ।

.gif)



फेसबुक पेज Like गर्नुहोस