काठमाडौं - दाङमा क्वारेन्टाइनमा बस्दै अएका एक जोडीले  विवाह गरेका  छन् ।

घोराही  उपमहानगरपालिकाको क्वारेन्टाइनमा  बस्दै  आएका  घोराही–१८  का  २३  वर्षिय वली  थरका  युवक  र  तुलसीपुर  उपमहागरपालिका–५  की चौधरी थरकी २१ वर्षीया युवतीले जेठ ३२ मा क्वारेन्टाइनमै विवाह गरेको सार्वजनिक भएको हो।

करिब २५/२६ दिनअघि भारतको दिल्लीबाट आएर उनीहरू वडा नम्बर १८ को आधारभूत विद्यालय बेलघारी क्वारेन्टाइनमा   बसेका   थिए।   ।

'नौ   महिना   अघिदेखि उनीहरूको  प्रेम  सम्बन्ध  रहेछ,’  वडा  नम्बर  १८  का अध्यक्ष भरतमणि अर्यालले भने, उनीहरूसँगै भारत गएका  र  सँगै  आएका  रहेछन् ।उनीहरूले  जेठ  ३२  मा धार्मिक  संस्कार  अनुसार  सामाजिक  दूरी  कायम  गर्दै बरपीपललाई साक्षी राखी विवाह गरेका हुन् ।

ती  दम्पतीको  पीसीआर  रिपोर्ट  नेगेटिभ  आएको  र उनीहरूलाई  १४  दिनसम्म  छुट्टाछुट्टै  बस्न  निर्देशन  दिएर घर  पठाएको  उनले  बताए।

असारमा  नौ  महिना हुने  भएकाले  उनीहरू  दुवैको  आग्रह  र  घरपरिवारको सरसल्लाह अनुसार क्वारेन्टाइनमा विवाह गरिदिएकोसमेत उनले बताए ।

 गोरखापत्र दैनिकबाट