काठमाडौं - नेपाल बैंकले यस वर्ष कुल १७ प्रतिशत लाभांश वितरण गर्ने भएको छ। 

बैंकको कात्तिक ७ गतेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्ष ०७७/७८ सम्मको वितरणयोग्य मुनाफाबाट हाल कायम चुक्तापूँजीको आधारमा १४ प्रतिशत बोनस शेयर र कर प्रयोजन समेत ३ प्रतिशत नगद लाभांश वितरणको प्रस्ताव गरेको हो।

हाल बैंकको चुक्तापूँजी १२ अर्ब ६३ करोड ६७ लाख ५८ हजार रुपैयाँ रहेको छ। सोही पूँजीको आधारमा नेपाल राष्ट्र बैंकको स्वीकृति पश्चात बैंकको आगामी वार्षिक साधारण सभाले पारित गरेपछि लाभांश वितरण गर्ने निर्णय बैंकले गरेको हो।