मन्त्रिपरिषद् हेरफेरको तयारी, जनमतबाट मन्त्री बन्दै अनिता
खबर एक्सप्रेस
२०८०-०३-२७ ०८:०० मा प्रकाशित
Total Shares: 107
काठमाडौं - प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले १२औँ पटक मन्त्रिपरिषद् हेरफेरको तयारी थालेका छन् ।
मन्त्रिपरिषद् हेरफेरको पूर्वसन्ध्यामा जनमत पार्टीले प्रमुख सचेतक अनिता देवीको नाम मन्त्रीका लागि प्रधानमन्त्री प्रचण्डलाई बुझाएको हो । तर, उनको विभाग टुंगिन बाँकी छ ।
१६ असारमा प्रधानमन्त्री प्रचण्डले जनमतका अध्यक्ष सिके राउतलाई भेटेर सरकारमा सहभागी हुन आग्रह गर्दै मन्त्रीको नाम मागेका थिए । प्रधानमन्त्री प्रचण्डले माओवादीले सम्हाल्दै आएको मन्त्रालयमध्ये एक मन्त्री फिर्ता बोलाएर जनमत पार्टीलाई सरकारमा सहभागी गराउने गृहकार्य थालेका छन् । यसअघि सरकारलाई समर्थन गरेपनी जनमतबाट मन्त्री बनेका थिएनन् ।
फेसबुक पेज Like गर्नुहोस