काठमाडौं - फिफा विश्वकप २०२६ अन्तर्गत नकआउट चरण ( राउन्ड अफ ३२) को तेस्रो खेलमा चार पटकको विश्वविजेता जर्मनी पराजित भएको छ। पेनाल्टी बोस्टन स्टेडियममा पेनाल्टी सुटआउटमा जर्मनलाई पराजित गर्दै पराग्वे राउन्ड अफ १६ मा प्रवेश गरेको हो।
खेलको पहिलो हाफमा जर्मनीविरूद्ध पराग्वेले १-० को अग्रता बनाएको थियो । दोस्रो हाफमा जर्मनीले गोल फर्कायो। खेल बराबरी भइरहँदा दुईपटक ३०/३० मिनेटको अतिरिक्त समय थपियो त्यसमा पनि दुवै टोलीले गोल निकाल्न सकेनन्। जसको फलस्वरूप खेल पेनाल्टी सुटआउटमा गएर निर्णायक बनेको थियो।

.gif)


