काठमाडौं - कोरोना संक्रमण (कोभिड–१९) रोकथामका लागि स्वास्थ्य सामग्री बोकेर प्रदेश–१ र सुदूरपश्चिम प्रदेशका लागि उठेको नेपाली सेनाको स्काई ट्रक बीचबाटै फर्किएको छ ।

एक प्रकारको गन्ध आएपछि पाइलटले जहाज मोडेर विमानस्थलस्थित सेनाको हवाई निर्देशनालयमा जहाज हवतरण गराएका थिए । जहाज चीनबाट आइतबार ल्याइएको अत्यावश्यक स्वास्थ्य सामग्री बोकेर सोमबार बिहान उडेको थियो ।

स्काइ ट्रकमा मास्क, स्यानिटाइजर, चिकित्सक र स्वास्थ्यकर्मीले सुरक्षाका लागि प्रयोग गर्ने पीपीई लगायत सामग्री थिए । सैनिक प्रवक्ता विज्ञानदेव पाण्डेलले प्राविधिक समस्या देखिएपछि जहाज फर्किएको स्वीकार गरे ।