यूइएफए नेसन्स लिग: इटाली र जर्मनीले अंक बाँडे
खबर एक्सप्रेस
२०७९-०२-२२ ०८:५१ मा प्रकाशित
Total Shares: 650
काठमाडौं - युरो २०२२ च्याम्पियन इटाली र जर्मनीले यूइएफए नेसन्स लिग ए ग्रुप ३ को पहिलो खेलमा १–१ गोलको बराबरी खेल्दै अंक बाँडेका छन् ।
शनिबार राति इटालीको बोलोग्नामा भएको खेलमा घरेलु टोलीका लागि ७० औँ मिनेटमा लोरेन्जो पेलिग्रेनीले गोल गरे ।
जर्मनीका योसुवा किम्मिखले ७३ औँ मिनेटमा बराबरी गोल फर्काए । बराबरीसँगै दुवै टोलीले समूहमा समान एक अंक जोडेका छन् । यस समूहमा हंगेरी ३ अंक जोडेर शीर्षस्थानमा छ । इंग्ल्यान्ड पुछारमा छ ।

.gif)



फेसबुक पेज Like गर्नुहोस