काठमाडौं - सेन्चुरी बैंकका संचालक मन बहादुर राई सगरमाथा फाइनान्सको सिईओमा कार्यरत रहँदा आफ्ना आफन्त तथा नरनाता  लगायतका ५०० जना व्यक्तिहरुको खाता खोली आफैंले संचालन गरेको उजुरी बैंकमा परेको छ ।

अनाधिकृत रूपमा अरुको खाता संचालन गर्नु बैङ्किङ्ग कसूर तथा सजाए  ऐन विपरित भएपनि यस्तो गम्भीर विषयमा उजुरी पर्दा  समेत छानबिन गरी सत्यतथ्य पत्ता लगाइ दोषीलाई कारबाही नगर्नु विडम्बना हो ।

पछिल्लो समय सेन्चुरी बैंकका विभिन्न काण्डहरु सार्वजनिक भैरहेको भए पनि नियमक निकायले प्रभावकारी रूपमा हालसम्म नियमन गरेको छैन । खबर एक्सप्रेसको बिगतमा प्रकाशित समाचारमा राष्ट्र बैंकको ध्यानाकर्षण भएको डेपुटी गभर्नर बम बहादुर मिश्रले जानकारी दिए भने नियमनमा राष्ट्र बैंक सधै सशक्त रहने दाबी गरेका छन्  ।

अनाधिकृत रूपमा अरुको खाता संचालन गर्नु  बैङ्किङ्ग कसूर तथा सजाय ऐन, २०६४ को उलंघन हो । यस विषयमा संचालक मन बहादुर राई संग कुरा गर्न खोज्दा उनको उजुरीको विषयमा कुरा गर्ने भन्दा पछि कुरा गर्छु भन्दै फोन राखेका थिए राईले त्यसपछि पटकपटक फोन गर्दा पनि रिसिभ गरेनन् ।

सेन्चुरी बैंकका संचालक मन बहादुर राइले अनाधिकृत रूपमा  पाँच सय वटा बैंक खाता संचालन गरेको उजुरी बैंकमा पर्दा पनि संचालक समितिले उक्त विषयमा छानबिन नगर्नु  रहस्यमय भएको छ  । बैंकमा यस विषयमा छानबिन नभए पनि राष्ट्र बैंकले अनुसन्धान सुरु गर्न लागिएको एक कार्यकारी निर्देशकले बताए । राष्ट्र बैंकमा हालसम्म यो विषयमा कुनै उजुरी आएको छैन संचार माध्यममा आएको समाचारले हाम्रो ध्यानाकर्षण भएको बताउदै यस्तो गम्भीर कुरामा राष्ट्र बैंकले तदारुकताका साथ काम गर्ने र आवश्यक परे नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोको साथ लिने समेत बताए ।