काठमाडौं - नेपालमा पछिल्लो २४ घण्टामा थप २२१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ४ हजार ५८ जनाको स्वाब परीक्षण गर्दा पीसीआर विधिबाट १२२ तथा एन्टिजेन विधिबाट ९९ जनामा गरी २२१ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । 

पछिल्लो २४ घण्टामा २०६ जना संक्रमणमुक्त भएका छन्  । यससँगै कोरोना संक्रिय संक्रमितको संख्या २ हजार ४४४ पुगेको छ ।