नेप्से एआई नामक एपको प्रयोग गरि २८ लाख ठगी
काठमाडौं - नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले नेप्से एआई नामक एपको प्रयोग नगर्न आग्रह गरेको छ।
केही दिनयता फेसबुक, इन्स्टाग्राम, टिकटकलगायत सामाजिक सञ्जालमार्फत शेयर बजारको विश्लेषण गरी बढी नाफा कमाउन सकिने भन्दै उक्त एप डाउनलोड गर्न प्रेरित गरिने, र इन्स्टल गरेपछि रिमोट सेसन खोली पीडितको बैंक खातामा भएको सम्पूर्ण रकम छिट्टै अन्यत्र पठाइने तथा डिजिटल उपकरणमा रहेको सबै डाटा मेटाइदिने, प्रमाण नष्ट गरिदिने जस्ता घटनाहरू बढ्दै गएको हुँदा प्रलोभनमा परी कुनै पनि अपरिचित लिङक तथा एपहरु नखोल्न र सतर्कता अपनाउन ब्युरोले आग्रह गरेको हो ।
‘जोन डोइ’ नामक व्यक्तिले फेसबुकमा देखिएको विज्ञापनबाट उक्त एप डाउनलोड गरी इन्स्टल गरेपछि, रिमोट सेसन खुल्नासाथ उनको मोबाइल स्क्रिन केही समय ब्ल्याक भई विभिन्न बैंक खातामा रहेको २८ लाख ६१ हजार रूपैयाँ रकम अन्यत्र ट्रान्सफर भएको थियो।
साथै, निजको मोबाइलमा रहेको सम्पूर्ण डाटा र अन्य एपसमेत मेटाइदिएको केन्द्रीय अनुसन्धान ब्युरोले जनाएको छ । यसअघि पनि यस्तै प्रकृतिका थुप्रै ठूला घटना र उजुरीहरू प्राप्त भइसकेको सीआईबीले एक सुचना मार्फत जानकारी दिएको छ ।
यस्ता घटना घटेको थाहा पाउना साथ सम्बन्धित बैंक तथा वित्तीय संस्था, नजिकको प्रहरी कार्यालय वा साइबर ब्युरोमा तत्काल खबर गर्न समेत आग्रह गरिएको छ।


.gif)



फेसबुक पेज Like गर्नुहोस