प्रधानसेनापति थापा ‘सेल्फ क्वारेन्टिनमा’
खबर एक्सप्रेस
२०७७-०६-११ ०३:०३ मा प्रकाशित
Total Shares: 235
काठमाडौं - भान्छामा काम गर्ने एक जना सहयोगीमा कोरोना पुष्टि भएपछि प्रधानसेनापति पूर्णचन्द्र थापा आजदेखि सेल्फ क्वारेन्टिन बसेका छन ।
निवासमा कार्यरत एक जना भान्छेमा हिजो कोरोना संक्रमण पुष्टि भएपछि प्रधानसेनापति थापा सेल्फ क्वारेन्टिनमा बसेका हुन ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयबाट जारी निर्देशिका र मापदण्ड अनुसार प्रधानसेनापति सुरक्षा सजगता अपनाउँदै सेल्फ आइसोलेसनमा बस्नुभएको सैनिक प्रवक्ता सन्तोष बल्लभ पौडेलले बताए ।
यसअघि २ पटक संक्रममितको कन्ट्याक्ट ट्रेसिङमा परेका प्रधानसेनापति थापाको पीसीआर रिपोर्ट नेभेटिभ आएको थियो ।
फेसबुक पेज Like गर्नुहोस