काठमाडौं - आज बस्ने भनिएको नेकपा एमालेको स्थायी कमिटी बैठक स्थगित भएको छ । बैठक आज ३ बजेका लागि बोलाइएको थियो ।

आइतबार बस्नेगरी स्थायी कमिटी बैठक स्थगित भएको हो । विघटित एकता कार्यदल बैठकको आग्रहपछि स्थगित गरिएको बुझिएको छ । विघटित कार्यदलको बैठक नेकपा एमाले संसदीय दलको कार्यालय सिंहदरबारमा बसेको थियो ।

आजको बैठकमा केन्द्रीय विभागहरुको पूर्णता, विधान महाधिवेशनको तयारी, पार्टी सदस्यता नवीकरण र बितरणबारे छलफल हुने एजेण्डा थियो ।