प्रतिनिधिसभाको भदौ महिनाको १५ दिने क्यालेण्डर तय
काठमाडौं - प्रतिनिधिसभाको भदौ महिनाभरको क्यालेण्डर तय गरिएको छ । सभामुख देवराज घिमिरेले प्रमुख दलका प्रमुख सचेतहरूसँगको छलफलमा संसदको आगामी १५ दिनको क्यालेन्डर तय गरिएको हो ।
शुक्रबार बस्ने संसद बैठकले भूमिसम्बन्धी विधेयक पारित गरेर राष्ट्रियसभामा पठाइने छ ।
भदौ १८ गते बस्ने बैठकले नागरिकतासम्बन्धी विधेयक पारित गर्ने र राष्ट्रपति कार्यालयबाट फिर्ता भएको संवैधानिक परिषद् सम्बन्धी विधेयकमाथि छलफल गरी पारित गर्ने सम्भावित कार्यसूची तय भएको छ ।
यस्तै निजामती विधेयक राष्ट्रियसभाबाट आएको खण्डमा भदौ १९ गते पारित गर्ने तयारी रहेको र २६ गते विद्यालय शिक्षा विधेयकलाई पारित गर्ने सम्भावित क्यालेन्डर तय भएको एमाले प्रमुख सचेतक महेश बर्तौलाले जानकारी दिए ।

.gif)



फेसबुक पेज Like गर्नुहोस