बिश्व राम सुनुवार,काठमाडौं - बीमा समितिको अध्यक्षमा नेपाल सरकारका पूर्व सचीव सूर्य प्रसाद सिलवालले जिम्मेवारी पाएदेखि बीमा क्षेत्रमा नयाँ आयाम  थपिएको छ ।

बीमा समितिमा अध्यक्षको जिम्मेवारी सिलवालले पाएपछि बीमा क्षेत्रमा भएको विकृति–विसंगति हट्दै उल्लेख्य सुधार भैरहेको छ । नेपाल सरकारको सचीवको जिम्मेवारीमा रहदा उद्योग,सञ्चार र गृह सचीव भएर लामो समयसम्म कुशलतापूर्वक जिम्मेवारी सम्हालेका सिलवाल सचीव हुँदै आफ्नो छुट्टै पहिचान बनाएका थिए सिलवाल स्वच्छ छबि भएका विगतमा कुनै विवादमा नपरेका व्यक्ति हुन । उनले बीमा समितिको नेतृत्व पाएपछि बीमा क्षेत्र चलायमान भएको छ ।

बीमा कम्पनीको संस्थागत सुशासन कायम गर्न निकै कठिन थियो,तर सिलवाल बीमा समितीको नेतृत्वमा आएपछि बीमा क्षेत्रका धेरै समस्याहरु र विकृतिहरुलाई चिर्दै सिलवालले बीमा क्षेत्रलाई चलायमान बनाउन सफल भएका छन् । बीमकको संस्थागत सुशासन कायम गरि ऎन,नियमावली,निर्देशिकाको कार्यान्वयन गराउदै बीमा क्षेत्रमा नयाँ आयाम थप्दै बीमा क्षेत्रलाई नै नयाँ उचाइमा पुर्याउन सिलवाल सफल भएका छन् ।

बीमा कम्पनीहरुले बीमाको सिद्धान्त विपरित उधाराेमा बीमा पोलिसी बिक्री गर्ने गरेका थिए । अहिले भने याे कार्य रोकिएको छ भने कम्पनीहरुमा निरीक्षण गर्ने निर्देशन दिने र नियम विपरित गर्नेलाई कारबाही गरि बीमा समितिले इन्स्योरेन्स कम्पनीहरुलाई प्रभावकारी ढंगले नियमन गरिरहेको छ ।

बीमा दाबी भुक्तानी लिन बीमितलाई हुने गरेको समस्या अहिले धेरै नै कम भएको छ । बीमा कम्पनीहरुले दाबी भुक्तानी समयमै नगर्ने जस्ता गुनासो बीमा समितीमा आउने गर्छ । सिलवाल बीमा समितिको नेतृत्वमा आएदेखि नै जनताको गुनासो सुन्ने र जनताका समस्या समाधान गर्ने तर्फ उनको ध्यान केन्द्रत छ, बीमा क्षेत्रमा भएका विकृतिहरु अहिले धेरै नै कम भएको छ ।

नियम विपरित काम गर्ने,दाबी भुक्तानी नदिएर जनतालाई अनावश्यक झन्झट र दुःख दिने बीमा कम्पनीहरुलाई कारबाही गर्दा अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा केहि बीमा कम्पनीहरुले उजुरी गरेर दुख दिने काममा केहि कम्पनीहरु नै लागिरहेका छन् । आयोगका एक उच्च कर्मचारीका अनुसार आयोगमा बीमा समितिले गर्दै नगरेको कामको समेत उजुरी पर्ने गरेको अख्तियारकै कर्मचारी बताउँछन् । बीमा क्षेत्रमा अहिले राम्रो काम गर्ने उत्साहित छन् भने गलत गर्नेहरुको रुवाबासी चलेको छ ।