उदयपुरमा क्वारेन्टिनमै युवकले गरे आत्महत्या
काठमाडौं - उदयपुरमा कोरोना संक्रमण आशंकामा क्वारेन्टिनमा बसेका एक युवकले आत्महत्या गरेका छन्।
उदयपुरको रौतामाई गाउँपालिका ७ राजाबासस्थित रौता जनता क्याम्पसको क्वारेन्टाइनमा बसेका १८ वर्षीय युवकले बिहीबार राति झुन्डिएर आत्महत्या गरेका हुन्।
उदयपुरको रौतामाई ७ गुराँसेका सुमन विकले आत्महत्या गरेको गाउँपालिका कार्यालयले जानकारी दिएको छ।प्रमुख प्रशासकीय अधिकृत खम्बराज राईका अनुसार श्रीमतीको सलको पासो लगाएर कोठामै झुण्डिएको अवस्थामा उनी शुक्रबार बिहान मृत फेला परेका हुन्।
प्रेमविवाह गरेर मजदुरी गर्न काठमाडौं पुगेका विक दम्पतिलाई वैशाख ११ गते उद्धार गरी ल्याएर क्वारेन्टाइनमा राखिएको थियो। जिल्ला प्रहरी कार्यालयका अनुसार राति ८ः०० बजे खाना खाएर सुतेका श्रीमान् बिहान झुन्डिएको देखेपछि श्रीमतिले क्वारेन्टिन प्रशासनलाई खबर गरेकी थिइन्।
आत्महत्याको कारण खुल्न बाँकी रहेको र अनुसन्धान भइरहेको उदयपुरका प्रहरी प्रमुख एसपी वीरबहादुर बुढामगरले जानकारी दिएका छन्।
फेसबुक पेज Like गर्नुहोस