सिके राउतलाई ३५ दिनभित्र अदालतमा हाजिर हुन आदेश
खबर एक्सप्रेस
२०७७-१२-१६ ११:१० मा प्रकाशित
Total Shares: 380
काठमाडौं - नवलपरासी जिल्ला अदालतले डा. सिके राउतलाई ३५ दिनभित्र हाजिर हुन आदेश दिएको छ ।
सोमबार गोरखापत्रमा प्रकाशित सूचनाअनुसार स्वतन्त्र मधेस गठबन्धन छाडेर जनमत पार्टी गठन गरेका डा. राउतलाई अदालतले बकाटोको म्यादबाहेक ३५ दिनभित्र हाजिर हुन आदेश दिएको हो ।
राज्य विरूद्धको संगठित अपराध कसुरमा पक्राउ पूर्जी जारी गरिएको र घरद्वारा पत्ता नलागेकोले रौतहट महादेव गाउँपालिका वडा नम्बर २ घर भई हाल धनुषा जनकपुर उपमहानगर वडा नम्बर ८ डेरा गरी बस्ने राउतलाई बाटाका म्यादबाहेक ३५ दिनभित्र आफ्नो सवुद प्रमाण लिई हाजिर हुन सूचनामा उल्लेख छ ।
गोरखापत्रमा प्रकाशित सूचना-

.gif)



फेसबुक पेज Like गर्नुहोस