कालोबजारी गर्नेलाई पाँच वर्ष कैद गर्ने सरकारकाे निर्णय
काठमाडौं - सरकारले कृत्रिम अभाव सिर्जना गरी कालोबजारी गर्नेलाई ५ वर्ष कैद गर्ने निर्णय गरेको छ ।
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले खाद्यान्न, दाल, तेल, इन्धन, खाना पकाउने ग्यास, औषधि लगायतमा कृत्रिम अभाव सिर्जना गरी कालोबजारी गर्ने उद्योगी, आयातकर्ता, थोक बिक्रेता तथा खुद्रा बिक्रेतालाई पाँच वर्षको कैद गर्ने निर्णय गरेको हो ।
पछिल्लो समय कोरोना भाइरसको सन्त्रास फैलाउँदै व्यापारीहरुले कृतिम अभाव सिर्जना गर्दै कालोबजारी गरिरहेकाले बजार अनुगमन तीब्र पारेको उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले जनाएको छ ।
अनुगमनका क्रममा कृतिम अभाव सिर्जना गर्ने भेटिएमा हदैसम्मको कार्बाही गर्ने जनाएको छ । साथै कालाबजारी गर्नेहरु विरुद्ध सरकारलाई जानकारी गरेर सहयोग गर्न समेत नागरिकसँग आग्रह गरेको छ ।
फेसबुक पेज Like गर्नुहोस