प्रधानमन्त्री प्रचण्ड र नर्वेका प्रधानमन्त्रीबीच न्युयोर्कमा भेटवार्ता
खबर एक्सप्रेस
२०८०-०६-०४ ०८:१३ मा प्रकाशित
Total Shares: 180
काठमाडौं - संयुक्त राष्ट्रसंघको ७८औँ महासभामा नेपालको नेतृत्व गर्दै अमेरिकाको न्यूयोर्क पुगेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नर्वेका प्रधानमन्त्री युनस गार स्टोरेबीच राष्ट्रसंघ मुख्यालयमा भेटवार्ता भएको छ।
भेटमा प्रधानमन्त्री प्रचण्ड र नर्वेका प्रधानमन्त्री युनसबीच द्विपक्षीय सम्बन्ध र बहुपक्षीय सहकार्यका विषयमा महत्वपूर्ण छलफल भएको छ।
दुई प्रधानमन्त्रीबीच भएको भेटमा परराष्ट्रमन्त्री एनपी साउद, परराष्ट्र सचिव भरतराज पौडेल, परराष्ट्र मन्त्रालयकी सहसचिव सेवा लम्साल लगायत सहभागी थिए।
प्रधानमन्त्री दाहालले राष्ट्रसंघका फोरममा भेटघाट तथा सम्वादलाई निरन्तरता दिएका छन्।

.gif)



फेसबुक पेज Like गर्नुहोस