स्वास्थ्य क्षेत्रलाई माफियामुक्त गरौंः उपराष्ट्रपति पुन
काठमाडौं - उपराष्ट्रपति नन्दबहादुर पुन ‘पासाङ’ ले स्वास्थ्य क्षेत्रलाई माफिया मुक्त बनाउनुपर्ने बताएका छन् ।
शनिबार राजधानीमा ‘प्रथम इमजेन्सी मेडिसिन सम्मेलन’ को उद्घाटन गर्दै उपराष्ट्रपति पुनले स्वास्थ्य क्षेत्रलाई माफियामुक्त बनाउनुपर्ने बताएका हुन् । सो अवसरमा उपराष्ट्रपति पुनले आधारभूत नागरिकको स्वास्थ्यमा समान पहुँच पुर्याउन राज्यले जनस्वास्थ्य क्षेत्रमा लगानी बढाउनु पर्ने बताए ।
‘सुविधा सम्पन्न सरकारी अस्पताल नागरिकलाई प्रभावकारी सेवा दिनबाट चुकिरहेका छन् भने अर्कोतर्फ नीजि अस्पताल आधारभूत नागरिकको पहुँचमा छैनन् भन्ने जनगुनासाहरु छन्’, पुनले भने । प्रत्येक प्रदेश, क्षेत्र तथा महत्वपूर्ण अस्पतालमा अनिवार्य एयर एम्बुलेन्स सेवाको व्यवस्था गर्न आवश्यक रहेको समेत बताए ।
फेसबुक पेज Like गर्नुहोस