एजेन्सी - चर्चित भारतीय गायक एसपी बालासुब्रमण्यमको निधन भएको छ।

७४ वर्षको उमेरमा बालासुब्रमण्यमको शुक्रबार चेन्नईको एक अस्पतालमा निधन भएको हो ।

अगस्ट ५ मा कोरोना संक्रमण पुष्टि भएपछि अस्पताल भर्ना भएका बालासुब्रमण्यमको स्वास्थ्य पछिल्ला दिनहरुमा बिग्रिदैँ गइरहेको थियो । उनलाइ लाइफ सपोर्टमा राखेर उपचार भैरहेकाे थियाे । 

उपचाररत बालासुब्रमण्यमको सेप्टेम्बर १३ मा कोरोना रिपोर्ट नेगेटिभ आएको थियो ।

करियर भरमा ४० हजार बढी गीत गाएका बालासुब्रमण्यमले ६ पटक नेशनल अवार्ड जितेका छन् ।

'मैंने प्यार किया'को गीत 'साजनु होस् वा 'हम आपके हैं कौन', लगायतका चर्चित फिल्ममा उनकै गित रहेको छ ।