सुनको मूल्य तोलामा २२ सय रुपैयाँ बढ्यो
खबर एक्सप्रेस
२०८१-१०-२३ ०१:२६ मा प्रकाशित
Total Shares: 34
काठमाडौं - नेपाली बजारमा आज सुनको मूल्य प्रतितोलामा २२ सय रुपैयाँ बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार, आज बुधबार सुन एक लाख ६६ हजार ९ सय रुपैयाँमा कारोबार भइरहेको छ ।
मंगलबार सुन प्रतितोला एक लाख ६४ हजार ७ सय रुपैयाँमा कारोबार भएको थियो ।
चाँदी प्रतितोलामा ४५ रुपैयाँ बढेको छ । आज चाँदी एक हजार ९ सय ७५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । मंगलबार चाँदी प्रतितोला एक हजार ९३० रुपैयाँमा कारोबार भएको थियो ।
फेसबुक पेज Like गर्नुहोस