महिला हिंसा अन्त्य हुनुपर्छ : नेतृ सङ्ग्रौला
खबर एक्सप्रेस
२०७७-११-१० ०२:५९ मा प्रकाशित
Total Shares: 358
काठमाडौं, मार्तडी - नेपाली कांग्रेस केन्द्रीय सदस्य डा. डिला सङ्ग्रौलाले महिला हिंसाका घटना न्युनिकरणमा सामूहिक प्रयत्नको खाँचो औँल्याएकी छन् ।
नेपाल प्रेस युनियन जिल्ला शाखाद्वारा आज आयोजित पत्रकार सम्मेलनमा उनले महिला सशक्तीकरण र नेतृत्वमा अग्रसर गराउनका लागि देशव्यापि अभियान सञ्चालन गरेको बताइन् ।
उनले सुदूरपश्चिमका ९ र लुम्बिनी प्रदेशका विभिन्न जिल्लामा अभियान सञ्चालन गरेको जानकारी दिँदै महिला हिंसा अन्त्य गर्न सरकारले ध्यान नदिएको आरोपसमेत लगाइन् ।
फेसबुक पेज Like गर्नुहोस