एमालेले आफूलाई उम्मेदवारी दिन आग्रह गरेको अर्थविद् वाग्लेको खुलासा
काठमाडौं - अर्थविद् डा. स्वर्णिम वाग्लेले नेकपा एमालेले आफूलाई मंसिर ४ गते हुने प्रतिनिधिसभा निर्वाचनमा उम्मेदवारी दिन आग्रह गरेको खुलासा गरेका छन् ।
शनिवार काठमाडौंमा आयोजित युवासँग छलफल कार्यक्रममा अर्थविद् वाग्लेले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफूलाई एमालेको तर्फबाट काठमाडौं क्षेत्र नम्बर ७ मा प्रतिनिधिसभामा चुनाव लड्न आग्रह गरेको खुलासा गरेका हुन् ।
नेकपा एमालेसहित रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टीले समेत आफूलाई चुनाव लड्न आग्रह गरेको जानकारी दिँदै अर्थविद् वाग्लेले टिकट दिएन भन्दैमा आफू सक्रिय रहेको पार्टीलाई त्यागेर अर्को पार्टीबाट चुनाव लड्नु राजनीतिक परिपक्वता नभएको कारण प्रस्ताव स्वीकार नगरेको बताए।
उनले नेपाली काँग्रेसबाट प्रतिनिधिसभा सदस्यको टिकटको आकांक्षी भएपनि टिकट नपाएपछि अबको ५ वर्ष मतदाता र युवामाझ आफ्नो सक्रियता बढाउन प्रयोग गर्ने स्पष्ट पारे । अर्थविद् वाग्लेले आफ्नो तीन पुस्तासमेत नेपाली काँग्रेस भएकाले अन्य पार्टीमा गएर चुनाव लड्न सहज नदेखेको स्पष्ट पारेका छन् ।

.gif)



फेसबुक पेज Like गर्नुहोस