काठमाडौं - सुर्खेतमा एकैपटक १२ जनामा कोरोना पुष्टि भएको छ ।

सामाजिक विकास मन्त्रालयका अनुसार मंगलबार बिहान सुर्खेतको वीरेन्द्रनगर नगरपालिका-१ मा एक जना, वडानम्बर २ एक महिलासहित पाँचजना, वडानम्बर ३ मा एकजना पुरुष, वडानम्बर ६ मा एकजना पुरुषमा कोरोना पुष्टि भएको हो ।

यस्तै, भेरीगंगा नगरपालिका-८ मा १६ र १७ वर्षीय दुईजना पुरुषमा र सिम्ता गाउँपालिका-४ मा ३५ र ४९ वर्षीय पुरुषमा कोरोना पुष्टि भएको छ । योसँगै कर्णाली प्रदेशमा २३ पुगेको मन्त्रालयले जनाएको छ ।