कोरोनाका बिरामी जाँच्नुपर्छ भनेर अस्पताल नै नजाने पाँच डाक्टर बर्खास्त
खबर एक्सप्रेस
२०७६-१२-२७ ०७:१३ मा प्रकाशित
Total Shares: 254
काठमाडौं - कोरोना (कोभिड– १९)को महामारीमा बिरामीको सेवामा झन् खटिनुपर्ने डाक्टर अस्पताल नै नगएपछि कारबाहीमा परेका छन् ।प्रदेश ५ को बुटवलस्थित लुम्बिनी प्रादेशिक अस्पतालमा कार्यरत पाँच डाक्टर बर्खास्तीमा परेका हुन् ।
डा. वरदान वली, डा. ताराप्रसाद शर्मा, डा. प्रकाश न्यौपाने, डा. सुवासचन्द्र चौधरी र डा. प्रकृति कार्कीलाई सेवाबाट हटाएको अस्पतालले जनाएको छ ।
उपचारमा खटिन आनाकानी गर्ने मात्रै होइन, विनाजानकारी अस्पताल नै नआएपछि सेवाबाट हटाइएको अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. राजेन्द्र खनालले बताए ।
नयाँ पत्रिकाबाट

.gif)



फेसबुक पेज Like गर्नुहोस