आज पनि कांग्रेस केन्द्रीय समिति बैठक बस्दै
काठमाडौं - नेपाली कांग्रेसको केन्द्रीय समिति आज पनि बस्दैछ ।
पार्टी सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाको निवास बुढानिलकण्ठमा बिहान ११ बजेबाट केन्द्रीय समिति बैठक बस्नेछ ।
बिहीवार प्रस्तुत भएका समायोजन सम्बन्धी प्रतिवेदन र क्रियाशील छानबिन समितिको प्रतिवेदनमाथि केन्द्रीय सदस्यहरुले आफ्नो विचार राख्ने क्रम शुरु भएको छ। आजको बैठकमा पनि यही प्रतिवेदनमाथि केन्द्रीय सदस्यहरुले आफ्नो धरणा व्यक्त गर्नेछन् ।
बिहीवारको बैठकमा महामन्त्री खड्काले केन्द्रीय निर्वाचन समितिले पारित गरेर पठाएको निर्वाचन निर्देशिका प्रस्तुत गरेका थिए । निर्देशिकाबारे छलफल गरी प्राप्त हुने राय, सुझाव बमोजिम बैठक सकिदा निर्देशिका पारित गरिने बताइएको छ ।
बैठकमा क्रियाशिल सदस्यता छानविन समितिका संयोजक रमेश लेखकले समितिको तर्फबाट विवरण राख्नुभएको तथा समायोजन समितिका संयोजक विमलेन्द्र निधिले समायोजन समितिले यस अवधिमा गरेका कामको विषय पनि राखेका थिए ।
फेसबुक पेज Like गर्नुहोस