काठमाडौं - पत्रकारमाथि भइरहेको धरपकडमा प्रधानमन्त्री तथा उनको सचिवालयको कुनै संलग्नता नरहेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।
प्रधानमन्त्री बालेन्द्र शाहकी प्रेस विज्ञ दीपा दाहालले आज भएका घटनाक्रममा प्रधानमन्त्री, उनको सचिवालय तथा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको कुनै भूमिका नरहेको दाबी गरेकी छन्।
दाहालले घटनाबारे आफूहरूलाई जानकारीसमेत नभएको बताइन्।
‘आज जे–जति घटनाक्रम विकसित भएका छन्, यसमा प्रधानमन्त्रीज्यूको सचिवालय र प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको कुनै पनि संलग्नता छैन। हामीलाई यसबारे जानकारी पनि छैन,’ उनले भनिन्।
यसअघि प्रहरीले नेपाल प्रेसको नयाँ बानेश्वरस्थित कार्यालयमा प्रवेश गरी समाचार कक्षबाटै पत्रकार विश्वमणि सुवेदीलाई पक्राउ गरेको थियो।
त्यस्तै, अन्य सञ्चारमाध्यमका कार्यालयमा समेत प्रहरी पुगेर पत्रकारको खोजी गरेको छ।
नेपाल प्रेसका अध्यक्ष विन्दुराज लम्साल र प्रधानसम्पादक मात्रिका पौडेललाई समेत साइबर ब्यूरोमा बोलाएर सोधपुछ भइरहेको छ।

.gif)


