हेटौँडा - लगातारको वर्षाले बाढीपहिरोको जोखिम बढाएपछि मकवानपुर हुँदै काठमाडौं जोड्ने कान्ति राजमार्गमा दुई दिन रातिको समयमा सवारी आवागमन बन्द गरिएको छ।
जिल्ला प्रशासन कार्यालय मकवानपुरले आज र भोलि साँझ ५ बजेदेखि बिहान ५ बजेसम्म राजमार्गमा सवारीसाधन सञ्चालनमा रोक लगाएको हो।
सहायक प्रमुख जिल्ला अधिकारी शेषकान्त पौडेलका अनुसार बंगालको खाडीमा विकसित अर्नब चक्रवातको प्रभावले बिहीबारदेखि मकवानपुरमा निरन्तर वर्षा भइरहेको छ।
वर्षा नरोकिएपछि सडकखण्डमा बाढीपहिरो जाने जोखिम बढेको प्रशासनले जनाएको छ।
सम्भावित दुर्घटना तथा मानवीय र भौतिक क्षति रोक्न रातिको समयमा सवारी आवागमन बन्द गर्ने निर्णय गरिएको प्रशासनको भनाइ छ।
प्रशासनले तोकिएको समयमा कान्ति राजमार्गमा सवारीसाधन नचलाउन र रातिको यात्रा नगर्न सर्वसाधारणलाई आग्रह गरेको छ।

.gif)


