काठमाडौं - भृकुटीमण्डपमा रहेको ह्वील चेयरको गोदाममा लागेको आगलागी नियन्त्रणमा आएको छ ।

आगलागीको खबर पाउनासाथ काठमाडौं महानगरपालिकाको दमकल पुगेर त्यहाँको आगो निभाएको हो ।

यस्तै, ललितपुर महानगरबाट पनि दमकल बोलाइएको थियो । आगलागीस्थलमा काठमाडौं महानगरका मेयर बालेन साश पनि पुगेका थिए । 

आगलागीबाट भएको क्षतिको विवरण आउन बाँकी छ ।