काठमाडौं - उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठ अस्पतालमा भर्ना भएका छन् ।

बेइजिङस्थित नेपाली दूतावास स्रोतका अनुसार चीन भ्रमणमा रहेका उनी छाती दुखेपछि बेइजिङ अस्पतालमा भर्ना भएका हुन् ।

गएको सोमबार गृहमन्त्री श्रेष्ठ सात सदस्यीय टोलीको नेतृत्व गर्दै तेस्रो बेल्ट एन्ड रोड फोरम फर इन्टरनेसनल कोअपरेसन (बीआरएफ) मा सहभागी हुन चीन गएका थिए ।

उनी बुधबार बीआरएफको उद्घाटन समारोहमा सहभागी भएका थिए ।