काठमाडौं - नेपाली बजारमा आज सुनको मूल्य स्थिर रहेको छ ।  

सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार प्रतितोला ९१ हजार ६ सय रुपैयाँमा कारोबार भैरहेको छापावाला सुन सोमबार पनि सोही मूल्यमा कारोबार भइरहेको छ । तेजावी सुनको मूल्य प्रतितोला ९१ हजार १ सय रुपैयाँ कायम भएको छ ।  

यस्तै, आज चाँदीको मूल्य पनि स्थिर छ । सोमबार चाँदी प्रतितोलामा १  हजार २१० रुपैयाँमा कारोबार भैरहेको छ ।