आकस्मिक बाहेकका अन्य शल्यक्रिया नगर्न अस्पतालहरुलाई निर्देशन
काठमाडौं - सरकारले काठमाडौं उपत्यकाका सबै अस्पतालहरुलाई आकस्मिक बाहेकका अन्य अपरेशन नगर्न निर्देशन दिएको छ ।
सोमबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले अस्पतालहरुलाई आकस्मिक बाहेकका नियमित अप्रेशनहरु हाललाई नगर्न निर्देशन दिएको जानकारी दिएका हुन् । ‘आकस्मिक बाहेकका नियमित अप्रेशनहरु हाललाई नगर्न र संक्रमणको अवस्था नियन्त्रण भएपछि मात्रै गर्न उपत्यकाका सबै अस्पतालहरुलाई निर्देशन दिइएको छ।’ उनले भने ।
यस्तै, सरकारले उपत्यकाका सबै सरकारी अस्पताललाई कोभिड अस्पतालमा परिणत गर्ने निर्णय पनि गरेको छ । काठमाडौंमा संक्रमितको संख्या दैनिक अरु ठाउँको भन्दा धेरै संख्यामा बढ्न थालेपछि सरकारले काठमाडौं केन्द्रित रणनीति तय गरेको हो । हाललाई स्वास्थ्य सेवा विभागसँग रहेका आइसियू, भेन्टिलेटर,अक्सिजन आदि सघन उपचारका लागि आवश्यक सामाग्रीहरु व्यवस्थापन गर्न समेत निर्देशन दिएको छ ।
फेसबुक पेज Like गर्नुहोस