काठमाडौं - सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल 'प्रचण्ड'बीच बालुवाटारमा मन्त्रिपरिषद पुनर्गठनका विषयमा छलफल जारी छ ।

छलफलका लागि केहिबेर अघि अध्यक्ष प्रचण्ड बालुवाटार पुगेका हुन् । दुवै अध्यक्षबीच यस विषयमा केहिदिनदेखि निरन्तर छलफल भैरहेको छ । यद्यपी, सहमति भने हुन सकेको छैन ।

६ असोजमा बसेको नेकपा केन्द्रीय सचिवालय बैठकमा सरकारको आवश्यकता अनुसार मन्त्रिपरिषद् पुनर्गठन गर्ने निर्णय भएको थियो । साेहीअनुसार मन्त्रिपरिषद् पुनर्गठनको जिम्मा दुई अध्यक्षलाई दिइएको थियो ।

त्यसयता बिहीबार, शुक्रबार र आइतबार दुई अध्यक्षबीच छलफल भएको छ । उनीहरुबीच केही मन्त्री मात्र फेर्ने कि अधिकांश मन्त्री फेर्ने भन्ने विषयमा सहमति हुन नसकेको स्रोतको दावी छ ।