नेको इन्स्योरेन्सद्धारा कृषि विकास बैंकलाई पेश्की स्वरुप अग्रिम दाबी भुक्तानी एक करोडको चेक हस्तान्तरण
काठमाडौं - नेको इन्स्योरेन्सद्धारा कृषि विकास बैंकलाई पेश्की स्वरुप अग्रिम दाबी भुक्तानी एक करोडको चेक हस्तान्तरण गरेको छ ।
कृषिविकास बैंकको लहान शाखामा जालसाजी तथा बेइमानीको कारणबाट बैंकलाई हुन गएको हानी नोक्सानीको बैंकरको क्षतिपूर्ति बीमालेख अन्तर्गत दावी निर्धारण प्रकृयामा रहेकोले हाल पेश्की स्वरुप अग्रिम भुक्तानी बापत एक करोडको चेक कम्पनीका प्रमुख कार्यकारी अधिकृत अशोक कुमार खड्काले कृषिविकास बैंकका उपमहाप्रवन्धक यज्ञप्रकाश न्यौपाने र बजार तथा शाखा ब्यवस्थापन विभागका विभागीय प्रमुख अजय रिमाललाई संयुक्त रुपमा हस्तान्तरण गरेका छन् ।
चेक हस्तान्तरण कार्यक्रममा कृषिविकास बैंकका प्रमुख कार्यकारी अधिकृत अनिलकुमार उपाध्याय तथा कम्पनीका संचालक धुर्बचन्द्र गौतम नेको इन्स्योरेन्सका प्रमुख ब्यवसाय अधिकृत विशालकुमार थापाको समेत उपस्थिति रहेको थियो
फेसबुक पेज Like गर्नुहोस