धुलिखेलमा सुत्केरीको मृत्यु भएपछि सिन्धुपाल्चोकका तीनवटा वडा सिल
काठमाडौं - सिन्धुपाल्चोक जिल्लाको बाह्रबिसे नगरपालिका-९ की २९ वर्षीया एक सुत्केरीको धुलिखेल अस्पतालमा मृत्यु भएपछि तीन वडा सिल गर्ने निर्णय भएको छ ।
कोरोना भाइरस संक्रमणको मिल्दोजुल्दो लक्षण देखिएकी उक्त महिलाको बिहीबार मृत्यु भएपछि महिलाको गाउँ र माइती गाउँलाई सिल गर्ने निर्णंय भएको जिल्ला समन्वय समितिका प्रमुख कृष्णगोपाल तामाङले जानकारी दिए ।
माइती गाउँबाट आफन्तहरु ती महिलालाई भेट्न गएकाले त्यो गाउँ पनि सिल गरिएको स्रोतले बताएको छ । यस्तै, महिलाको सम्पर्कमा रहेको बाह्रबिसे प्राथमिक स्वास्थ्य केन्द्र पनि सिल गरिएको छ ।
अब ती वडाबाट कोही व्यक्ति पनि बाहिर आउन र प्रवेश गर्न पाउने छैनन् । शनिबार दिउँसो मृतकको परिवारको स्वाब संकलन गरिएको छ ।
फेसबुक पेज Like गर्नुहोस