काठमाडौं - पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा ७६७ कोरोना संक्रमित थपिएका छन् । 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा काठमाडौंमा ६०२ , भक्तपुरमा १०१  र ललितपुरमा ६४ कोरोना संक्रमित थपिएका छन् ।

जसअनुसार काठमाडौंमा २३० महिला र ३७२ पुरुष, भक्तपुरमा ४१ महिला र ६० पुरुष, ललितपुरमा ३४ महिला र ३० पुरुषमा कोरोना संक्रमण देखिएको छ । 

शनिबार काठमाडौंमा पाँच सय ७०, ललितपुरमा ५८ र भक्तपुरमा ८३ जना गरी ७११ कोरोना संक्रमित देखिएका थिए । 

देशभर आइतबार एक हजार ३२५ कोरोना संक्रमित थपिएका हुन् ।