काठमाडौं - सर्वोच्च अदालतले संवैधानिक परिषद्ले गरेका नियुक्तिसम्बन्धी भोलि हुने भनिएको सनुवाइ स्थगित गर्न आदेश दिएको छ ।

बिहीबार न्यायाधीश हरि फुयालको इजलासले यस्तो आदेश दिएको हो । इजलासमा प्रधानन्यायाधीश रहने कि नरहने भन्ने विषय महत्वपूर्ण भएकाले तत्काल संवैधानिक नियुक्तिसम्बन्धी सुनुवाइ स्थगित गर्न आदेश दिइएको हो । 

इजलासले १५ दिनभित्र प्रधानन्यायाधीशको सहभागिता सम्बन्धमा लिखित जवाफ पेस गर्नसमेत सर्वोच्च न्याय परिषद् र कानुन व्यवसायी न्याय परिषद्लाई आदेश दिएको छ। लिखित जवाफ आएको तीन दिनभित्र यस मुद्दाको पेसी तोक्न पनि फुयालको इजलासले आदेश दिएको छ ।

अधिवक्ता गणेश रेग्मीले दायर गरेको रिटमा प्रधानन्यायाधीशको नेतृत्वमा इजलास गठन गर्न परमादेश माग गरिएको छ ।