बढ्यो सुनचाँदीको मूल्य
खबर एक्सप्रेस
२०७८-०५-२० १२:१४ मा प्रकाशित
Total Shares: 257
काठमाडौं - आइतबार नेपाली बजारमा सुनचाँदीको मूल्य ह्वातै बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार गत शुक्रबारको तुलनामा आइतबार सुन तोलामा अधिकतम ६०० रुपैयाँले र चाँदी तोलामा ३५ रुपैयाँले वृद्धि भएको हो । योसँगै आज बजारमा सुन प्रतितोला ९१ हजार ५०० रुपैयाँ कायम भएको छ भने चाँदी एक हजार २३० रुपैयाँ कायम भएको छ ।
गत शुक्रबार बजारमा सुन प्रतितोला ९० हजार ९०० रुपैयाँ र चाँदी एक हजार १९५ रुपैयाँमा कारोबार भएको थियो । यस्तै, यता आज तेजबी सुनको मूल्य समेत ६०० रुपैयाँले नै बढ्दै ९१ हजार रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।

.gif)



फेसबुक पेज Like गर्नुहोस