रास्वपा केन्द्रीय समिति बैठक बस्दै, यस्ता छन् एजेन्डा
खबर एक्सप्रेस
१ घण्टा अगाडि
Total Shares: 6
काठमाडौं - राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समितिको बैठक आज बस्दैछ ।
बैठक बिहान ९ बजे पार्टी केन्द्रीय कार्यालय घण्टीघर, वनस्थलीमा बस्न लागेको हो ।
बैठकमा प्रथम राष्ट्रिय महाधिवेशन र विविध विषयमा छलफल गर्नेगरी दुई एजेण्डा तय गरिएको छ ।
बैठकमा केन्द्रीय समिति सदस्यलाई अनिवार्य उपस्थितिका लागि निर्देशनसमेत दिइएको छ ।

.gif)



फेसबुक पेज Like गर्नुहोस