काठमाडौं - प्रतिनिधिसभा सदस्य मनिष झाले संसद जनताको आवाज उठाउने ठाउँ भएको बताएका छन् ।
प्रतिनिधिसभाको सोमबार बसेको बैठकमा राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० का प्रवक्तासमेत रहेका झाले संसदमा जनताको प्रश्नको अस्तित्व नभए जनता आफैँ संसद छिर्ने बताएका हुन् ।
झाले भने- 'सदनमा जनताको प्रश्नको अस्तित्व नभए त्यहाँ जनता आफैँ छिर्छन् । त्यो सहकर्मी साथीहरूले सम्झिरहनुहोला । सत्ताले सदनमा दम्भ देखाउँदा के हुन्छ, त्यो भदौ २३ र २४ देखिइसक्यो ।'
झाले यसअघि सदन बालुवाटार, बूढानीकलकन्ठ, बालकोट र खुमलटारको बन्न खोज्दा भदौ २३ र २४ को घटना घटेको झाले बताए ।

.gif)



