निषेधाज्ञा अवधिभर खाद्य व्यवस्था खरिद गर्दा २० प्रतिशत छुट दिइने
खबर एक्सप्रेस
२०७८-०२-१५ ०५:२४ मा प्रकाशित
Total Shares: 557
काठमाडौं - सरकारले निषेधाज्ञा अवधिभर खाद्य व्यवस्था खरिद गर्दा २० प्रतिशत छुट दिने भएको छ। सिंहदरबारबाट शनिबार आर्थिक वर्ष २०७८ र ७९ को बजेट भाषणका क्रममा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले यस्तो बताएका हुन्।
खाद्य व्यवस्था तथा व्यापार कम्पनी र साल्ट ट्रेडिङबाट खाद्यान्न र खाना पकाउने ग्यास खरिद गर्दा २० प्रतिशत छुट दिने अर्थमन्त्री पौडेलले जानकारी दिए।
सरकारले संसद्का दुवै सदनमा बजेट पेश गर्नुपर्ने संवैधानिक व्यवस्था छ। तर, संसद् विघटन भइसकेको अवस्थामा सरकारले अध्यादेशमार्फत आगामी आर्थिक वर्ष २०७८/७९ का लागि वार्षिक बजेट घोषणा गरेको हो।
फेसबुक पेज Like गर्नुहोस