बुर्किना फासोमा आतंककारी हमलाः ३५ को मृत्यु
खबर एक्सप्रेस
२०७६-०९-०९ ११:०० मा प्रकाशित
Total Shares: 1089
एजेन्सी - अफ्रिकी मुलुक बुर्किना फासोमा भएको आतंककारी हमलामा परी ३५ जनाले ज्यान गुमाएका छन् ।
मंगलबार उत्तरी बुर्किना फासोस्थित सोउम प्रान्तको एक सैन्य शिविरमा आतंकवादी हमला भएको हो । उक्त हमलामा परी ३७ जना सर्वसाधारणको ज्यान गएको छ । ज्यान गुमाउनेमध्ये अधिकांश महिला रहेका छन् ।
त्यस्तै सुरक्षाकर्मीको कारबाहीमा परी ८० जना आतंकवादी समेत मारिएको अन्तर्राष्ट्रिय समाचार माध्यमले जनाएका छन् । दोहोरो भिडन्तमा ७ जना सुरक्षाकर्मी समेत मारिएका छन् ।
बुर्किना फासोका राष्ट्रपति रोच मार्क काबोरले ट्विटरमार्फत् हमलाबारे जानकारी दिएका छन् । मंगलबार भएको हमला बुर्किना फासोमा ५ वर्षयता कै ठूलो हमला हो ।
फेसबुक पेज Like गर्नुहोस