माधव नेपालसहित २० जनालाई अन्तिम स्पष्टीकरण सोध्ने एमालेको निर्णय
खबर एक्सप्रेस
२०७८-०१-०६ ०४:४१ मा प्रकाशित
Total Shares: 258
काठमाडौं - नेकपा एमालेले माधव नेपालसहितका केन्द्रका चार निलम्बित नेता र कर्णाली प्रदेशमा फ्लोर क्रस गर्ने सांसदसहित २० नेतालाई स्पष्टीकरण सोध्ने निर्णय गरेको छ ।
सोमबार पार्टी महाधिवेशन आयोजक कमिटीको बैठकले माधव नेपालसहित २० नेतालाई चेतावनीयुक्त स्पष्टीकरण सोध्ने निर्णय गरेको हो ।
उनीहरूले चित्तबुझ्दो स्पष्टीकरण नदिएमा १० गतेको बैठकले कारवाही गर्ने बताइएको छ ।
फेसबुक पेज Like गर्नुहोस