काठमाडौं - पछिल्लो २४ घन्टामा थप १४५ जनाको कोरोना संक्रमणका कारण मृत्यु भएको छ।
बुधबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहायक प्रवक्ता समिर कुमार अधिकारीले नियमित प्रेस ब्रिफिङका क्रममा दिएको जानकारी अनुसार देशका विभिन्न भागमा गरि पछिल्लो २४ घन्टामा थप १ सय ४५ जनाको मृत्यु भएको जानकारी दिए।
यससँगै नेपालमा कोरोनाका कारण मृत्यु हुनेको संख्या ६ हजार ८ सय ४५ पुगेको छ।

.gif)



