चितवन - राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वापा)ले चितवनमा खबरदारी सभा गरेको छ ।

रास्वापाले पार्टी सभापति रवि लामिछानेलाई रातारात पोखरा लैजानु मानव अधिकारकोविरुद्ध रहेको भन्दै खबरदारी सभा आयोजना गरेको हो।

सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरण मुद्दामा लामिछानेलाई पोखराबाट काठमाडौँ र मंगलबार चितवन ल्याइ प्रहरीले अनुसन्धान गरिरहेको छ ।

लामिछानेलाई पुन म्याद थप गरेपछि पर्सा लैजाने प्रहरीको तयारी छ ।