काठमाडौं - सत्ता साझेदार माओवादी केन्द्रको स्थायी कमिटी बैठक आजपनि बस्दैछ ।

बैठकले माओवादी केन्द्रले सरकारमा पठाउने मन्त्रीको टुंगो लगाउने बताइएको छ ।

आज मन्त्री टुंगो लगाएर भोलिसम्ममा मन्त्रिपरिषद्लाई पूर्णता दिने तयारी रहेको स्रोतले जनाएको छ ।

हिजोको स्थायी कमिटी बैठकपछि प्रवक्ता नाराणकाजी श्रेष्ठले एमालेको माधव नेपाल समूहले सरकारमा जाने–नजाने निर्णय गर्न केही समय पर्खन भनेकाले ढिलाइ भएको र अब छिट्टै मन्त्रिपरिषद् विस्तार हुने उल्लेख गरेका थिए ।