काठमाडौं - नेपालमा पछिल्लो २४ घन्टामा थप ५३४ जनामा कोरोनाभाइरसको संक्रमण पुष्टि भएको छ । देशका विभिन्न प्रयोगशालामा गरिएको पीसीआर तथा एन्टिजेन परीक्षणका उक्त संख्यामा कोरोना पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार बिहीबार ४९० जनामा पीसीआर बिधिबाट तथा ४४ जनामा एन्टिजेन बिधिबाट परीक्षण गर्दा कोरोनाको संक्रमण भएको पुष्टि भएको हो ।

यो सहित नेपालमा कोरोना संक्रमित हुने को संख्या २ लाख ८२ हजार ५४ जना पुगेको छ । 

मन्त्रालयका अनुसार पछिल्लो २४ घन्टामा थप १५७ जना कोरोना संक्रमणमुक्त भएका छन् । यो सहित नेपालमा हालसम्म २ लाख ७४ हजार ६०४ जना निको भएका छन् ।