काठमाडौं-नेकपा एमालेका सचिव तथा सांसद योगेश भट्टराईले पूर्वराजा ज्ञानेन्द्र शाहलाई दिएको सेवासुविधा राज्यले खोस्नुपर्ने माग गरेका छन् ।

सोमबारको प्रतिनिधिसभाको बैठकमा बोल्दै भट्टराईले यस्तो माग गरेका हुन् ।

पूर्वराजाले सम्झौता भंग गरिसकेकाले राज्यले उनलाई पूर्वराष्ट्राध्यक्षका रूपमा दिएको सेवासुविधा दिन नहुने बताए ।

चैत १५ गते काठमाडौंमा भएको प्रदर्शनमार्फत शाहले सम्झौता भंग गरेको उनको दाबी छ ।