काठमाडौं - प्रधानमन्त्री केपी शर्मा ओलीले कोभिड–१९ रोकथाम, नियन्त्रण तथा उपचार उच्चस्तरीय समन्वय समितिमा सदस्य रहेका मन्त्रीहरुलाई बालुवाटार बोलाएका छन् ।

लकडाउनका कारण काठमाडौँ उपत्यका छाड्न चाहने हरुका लागि आवश्यक व्यवस्था गर्नेबारे छलफल गर्न प्रधानमन्त्री ओलीले साे समितिका मन्त्रीहरुलाई बोलाएको बोलुवाटार स्रोतले बताएको छ ।

सयौं किलोमिटर टाढाका जिल्लावासीहरु समेत दिनहुँ काठमाडौंबाट बालबालिकासहित पैदलै जान थालेपछि सरकारले त्यसबारे छलफल सुरु गरेको हो । केहीबेरअघि सिंहदरबारमा उक्त समितिको बैठक बसेको थियो।