प्रधानमन्त्री ओलीको मन्त्रीहरूलाई निर्देशन समय तालिका निर्धारण गरेर काम गर्नु
खबर एक्सप्रेस
२०७६-०४-१५ ११:०० मा प्रकाशित
Total Shares: 497
प्रधानमन्त्री केपी शर्मा ओलीले समय तालिका निर्धारण गरेर काम गर्न मन्त्री र सचिवहरुलाई निर्देशन दिएका छन् ।
आर्थिक वर्ष २०७६/७७ को वार्षिक कार्ययोजना प्रस्तुतीकरण तथा कार्य सम्पादन सम्झौता कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले समय तालिका निर्धारण गरेर काम गर्न निर्देशन दिएका छन् ।
कतिपय मन्त्रीहरुको कामप्रतिअसन्तुष्ट व्यक्त गर्दै सो निर्देशन दिएको हो ।
प्रधानमन्त्री ओलीले ‘देशमा सम्भावना भएर पनि विकासमा पछाडि परेको र गरिब देश भन्नु परेको आर्थिक विकासमा पछाडि परेको भन्दै यो सब बदल्ने बताउदै ओलीले दातृ राष्ट्र र संस्थाहरुबाट सहयोग नरोकिएको बरु सहयोगअनुसार काम हुन नसकेको बताए ।
फेसबुक पेज Like गर्नुहोस